बङ्गलादेशमा बिरोध प्रदर्शनका क्रममा ५०० भन्दा बढी पक्राउ
काठमाडाैं | साउन ७, २०८१
Photo:AP
काठमाडौं: बङ्गलादेशको राजधानी ढाकामा आरक्षण विरोधी प्रदर्शनमा केही विपक्षी दलका नेतासहित ५०० जनाभन्दा बढीलाई पक्राउ गरिएको प्रहरीले सोमबार पुष्टि गरेको छ ।
प्रदर्शनमा कम्तीमा ५३२ जनालाई पक्राउ गरिएको ढाका मेट्रोपोलिटन प्रहरी प्रवक्ता फारुक हुसेनले बताउनुभयो । पक्राउ परेकामध्ये केही बङ्गलादेश नेशनल पार्टी (बीएनपी) नेताहरू रहेको उहाँले जनाउनुभएको छ ।
पक्राउ पर्नेमा बिएनपीका नेता अमिर खुसरो, महमुद चौधरी र प्रवक्ता रुहुल कबिर रिजवी अहमदसहित पूर्व राष्ट्रिय फुटबल कप्तान तथा नेता अमिनुल हकलाई पनि पक्राउ गरिएको उहाँले बताउनुभएको छ ।
इस्लामवादी पार्टी जमात–ए–इस्लामीकी महासचिव मिया गुलाम परवरलाई पनि पक्राउ गरिएको हुसेनले जानकारी दिनुभयो ।
उहाँले राजधानीमा अशान्तिका क्रममा कम्तीमा तीन जना प्रहरीले ज्यान गुमाएको बताउँदै करिब एक हजार घाइते भएको र घाइतेमध्ये ६० जनाको अवस्था गम्भीर रहेको उल्लेख गर्नुभएको छ ।
बिएनपीका प्रवक्ता एके वाहिदुज्जमानले राष्ट्रव्यापी रूपमा ‘विगत केही दिनमा सयौं बिपिएनका नेता तथा कार्यकर्तालाई गिरफ्तार गरिएको बताउनुभएको छ ।
पोखरामा जारी २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा बुधबार भएको खेलमा जावलाखेल युवा क्लब विजयी भएको छ । पोखरा रंगशालामा भएको प्रिक्वाटरफाइनलमा जावलाखेलले मछिन्द्र फुटबल क्लबलाई २–० गोल...
पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ । बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतिय...
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नीति, पद्धति, प्रविधि र प्रवृत्तिगत सुधारका प्रयासलाई प्रभावकारी बनाएर अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ । अख्तियार द...

